Saturday, September 3, 2016

फेसबुकमा स्ट्याट्स लेखेर तीज र पशुपतिनाथप्रति किन यसरी खिल्ली उडाए आङकाजी शेर्पाले ?

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य परित्याग गरेका जातिवादी नेता आङकाजी शेर्पाले मिलेर बसेको नेपाली समाजमा सद्भाव भड्काउने गरेर अभिव्यक्ति सार्वजनिक गरेका छन् ।


हिन्दू महिलाहरूले मनाउने विशेष पर्व तीजको दरखाने दिन एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेखेर आङकाजीले सामाजिक सद्भाव भड्काउने कार्य गरेको आरोप लागेको छ । उनले पशुपतिनाथको मन्दिरमा दुई हजार रुपैयाँ तिरेपछि दर्शन गर्न पाइने भनेर नकारात्मक सन्देश जाने गरेर स्ट्याटस लेखेका छन् ।

आङकाजीको यो स्ट्याटसको हिन्दूवादीहरूले कुनै तुक नरहेको भन्दै बेवास्ता गरिदिएका छन् । ‘आङकाजी शेर्पाको कुनै महत्व र अर्थ छैन । यस्ता नेताले बोलेको र लेखेको कुराको महत्व दिनु हुँदैन’, हिन्दू अभियानका युवा नेता विकाश ठाकुरले भने, ‘जातीय राजनीति गर्ने र क्रिश्चियनको पैसा खाएर मोटाएकाहरू भुक्दैमा सदियौँदेखि चल्दै आएको हाम्रो हिन्दू संस्कार मेटिदैन ।’

पछिल्लो समय उत्तेजक र साम्प्रदायिक सद्भाव भड्काउने खालका अभिव्यक्ति तथा टिकाटिप्पणी दिएर सधै बिबादमा आइरहने आङकाजी शेर्पाले यस्तै खालका आफ्ना उट्पट्याङ अभिव्यक्तिका कारण हिरासतको यात्रा पनि तय गरिसकेका छन् ।

ठाकुरले आङकाजी जस्ता गैर सामाजिक व्यक्तिका कारण मिलेर बसेको नेपाली समाजलाई ठूलो नोक्सान हुन सक्ने बताए । यसतर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बेलैमा सचेत हुनुपर्ने ठाकुरको सुझाव छ । जबकि पशुपति विकाश कोषले शुक्रबार पत्रकार सम्मेलन गरेर एक हजार लिएर छिटोमाध्यमबाट गर्न पाइने पूजाको व्यवस्था हटाएको जनाइ सकेको छ ।

आङकाजीले भने जस्तो कोषले दुई हजार लिएर दर्शन गर्ने व्यवस्था राखेको थिएन । अघिल्ला वर्षहरूमा एक हजार तिरेपछि लाइनमा बस्नु नपर्ने व्यवस्था राखेको थियो । त्यसको विरोध भएपछि सो व्यवस्था यस पटक कोषले हटाएको छ ।
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular