Friday, September 9, 2016

उत्तर कोरियाले आणविक बम परिक्षण गर्दा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प, अमेरिकाले गर्यो पुष्टि

काठमाडौं, २४ भदौं । उत्तर कोरियाले आणविक बम परिक्षण गर्दा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकाको भौगोलिक सर्भे अन्तर्गतको ग्लोबल भूकम्पीय मापन केन्द्रले शुक्रबार बिहान मापन गरिएको ठूलो कम्पन भुकम्प नभएर आणविक बम परिक्षण पछिको कम्पन भएको पुष्टि गरेको छ । दक्षिण कोरियाको समाचार संस्था योन्हाले उत्तर कोरीयाले आणविक बम परिक्षण गरेपछि कम्पन मापन भएको दावी गरेको छ । उत्तर कोरियाको एउटा राष्ट्रिय दैनिक पत्रिकाले देशको नेतृत्व र साशन ब्यवस्थाको सम्मानमा आणविक बम परिक्षण गरेको खबर छापेको छ । विविसीले उत्तर कोरीयाले बम परिक्षण गरेको पुष्टि भएपनि त्यो आणविक भए नभएको भने एकिन भइनसकेको बताएको छ । संयुक्त राष्ट्रसंघले आणविक परिक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले लगातारजसो विभिन्न बम तथा क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ । उत्तर कोरियाले सन् २००२ अक्टोबर, २००६ अक्टोबर, २००९ मे, २०१३ फ्रबुअरी र २०१५ मे मा ठूला आणविक बमको परिक्षण गरिसकेको छ ।
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular