Tuesday, September 13, 2016

केपी ओलीले भने छक्का पञ्जा नराम्रो


निकै चर्चा र लोकप्रीयता कमाईरहेको चलचित्र ६क्का पञ्जा तीन पूर्व प्रधानमन्त्रीले एकैसाथ हेरेका छन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका केपी शर्मा, झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ ६क्का पञ्जा हेरेका हुन् । चलचित्र हेरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर ६क्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । मुन्द्रे, माग्ने, दिपक दिपा भएको फिल्मले नहँसाउने त कुरै भएन, पूर्व प्रधानमन्त्री ओलीले भने नाम ६क्का पञ्जा भए पनि फिल्ममा संदेश र मनोरञ्जनको गतिलो संयोजन रहेको भन्दै प्रशंसा गरेका छन् । हेर्नुहोस् भिडियो । उनले यसो भन्दा हाँसो गुन्जीएको थियो ।
यस्तै, चलचित्रबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्मले संवाद नै पिच्छे हँसाएको प्रतिक्रिया दिएका छन् । उनले भने राम्रैसँग हाँसीयो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई फिल्ममा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो । अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि फिल्मको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता ६क्का पञ्जा हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए ।
यस्तै, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर ६क्का पञ्जा हेरेका छन् । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशि लागेका उनीहरुले बताएका छन् ।
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular