Saturday, September 17, 2016

‘अलछिना’ भनेर आमाबुबाले छाडेका यी बालक, जसको जीवनकथाले संसारलाई स्तब्ध पारिदियो !

जेन्सी– यी बालकको लागि एक थोपा पानी र कर्ममार्फत यी ममतामयी महिलाले देखाएको महानताको तस्वीर केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बन्दै आइरहेको छ ।
दयालाग्दो र तिर्खाएको स्थितिमा संसारलाई रुवाउने यी बालक अफ्रिकी मुलुक नाइजेरियाका हुन् । गरिबी र द्धन्द्धमा पिल्सिएको मुलुक नाइजेरियामा रहेका यी बालकका आमाबाबुले गरिबीकै कारण हुनसक्छ, उनलाई हेला गरेर सडकमा छाडिदिए ।

बालकका बाबुआमाले उसलाई परिवारको ‘अलछिना र भुताहा’ भनेर उसलाई हेरबिचार गर्न छाडिदिएपछि उनको सडकमा यो हबिगत भयो । कहिलेकाही सडकमा फालेका अस्वस्थकर खानेकुराले पेट भर्दै सडक पेटीमा कुकुर सरहको जीवन जिइरहेका यिनलाई न त सर्वव्यापी ज्ञान थियो, न त जीवन कसरी जिउने भन्ने परिकल्पना नै थियो ।
सौभाग्यवस, यी बालकको अगाडि एकजना विदेशी महिला देवी बनेर देखा परिन् । उनले पहिलोपटक सडकमा बालकलाई भेट्ने वितिक्कै पानी पिलाइरहेको दृष्य हामी तस्वीरमा देख्न सक्छौ । उनले ती बालकलाई सडकबाट टिपिन् र आफुले हेरचाह गर्न थालिन् । सडकमा बडो दयनीय अवस्थामा भेटेर करिब दुई महिना पालनपोषन गरेपछि बालकको शारीरिक संरचनामा पूरै परिवर्तन आएको छ ।
दुई महिनाअघिको तस्वीर र पछिको तस्वीरलाई पत्याउन गाह्रो पर्छ तर विश्व प्रसिद्ध सञ्चारमाध्याम डेल्ली मेलले यो तथ्यलाई बाहिर ल्याइदिएको छ ।सडक पेटीमा रोएर बसेका यस्ता बालकहरु धेरै छन्, तर तिनको उद्धारमा चासो दिने व्यक्ति र सम्बन्धित संघ–संस्थाहरुले प्रभावकारी ढंगले काम नगर्दा मानवजातिको उज्जल भविश्यको रुपमा रहेका बालबालिकाहरुको यो हविगत देख्नुपरिरहेको छ ।
असाहय दुःख भोगेर जीवन बिताइरहेका ती बालकका अगाडि देवदूतको रुपमा देखा परेकी ती महिलाको बारेमा स्पष्ट पहिचान बाहिर आइनसके पनि यो कारुणिक यथार्थताको तस्वीर र कर्मले संसारका मिडियाहरुको ध्यान तानिरहेको छ । श्रोत – काठमाण्डु टुडेबाट

Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular