Saturday, September 3, 2016

क्याप्टेन विजय लामालाई यूएईबाट अनुरोधपत्र

केहि दिन अगाडि क्याप्टेन विजय लामालाई यूएईमा काम गर्ने एक जना नेपालीले कति पर्छ एउटा प्लेनको हामी किनिदिन्छौ भन्नुभएछ ।

विजय लामा ज्यू,

यो कामको समन्वय हजुरले गरिदिनुहोस हामी जुटाउछौ प्लेन किन्ने पैसा र सम्बन्धित निकायसंग कुरा गरेर कत्ति पर्छ एउटा वाइड बडी प्लेनको सो रकम उल्लेख गरेर नेपाल एयरलाइन्सको नाममा छुट्टै बैंक खाता खोली दिनुहोस । अनि यूएईमा काम गर्ने हामी नेपाली उक्त खातामा ५० डलरदेखि माथि कति सकिन्छ जम्मा गर्नेछौ । अनि हामीले बैंकमा जम्मा गरेको रसिद अनुसारको रकमको शेयर प्रमाणपत्र जारि हुने नियम बनाउन लगाउनुहोस । बिना झन्जट चाहिए जति रकम जम्मा हुनेछ र मलाइ लाग्छ दस हजार डलरसम्म जम्मा गर्ने नेपालीहरु निस्किने छन् । एक हजार डलर बराबर लगभग एकलाख नेपाली रुपैयाँ हुन्छ । सके हाम्रो लगानीले हामीलाई पनि फाइदा दिन्छ, यदी हामीलाई फाइदा भएन भने पनि देशलाई त पक्कै फाइदा हुन्छ । यसरि प्लेन किन्दा कसैलाई साँवा पनि तिर्नुपर्दैन र ब्याज पनि तिर्नुपर्दैन । खर्च कटाएर बचेको नाफा अनुसार शेयरको भाउ बढाई दिए पुग्छ । शेयर दातालाई कति प्रतिशत फाइदा दिने अनि नेपाल एयरलाइन्सले कति प्रतिशत फाइदा लिने भन्ने कुरा बिज्ञको सुझाबका आधारमा तय गर्दा हुन्छ र मलाइ लाग्छ ६–७ बर्षमा लगानी उठ्ने छ ।

अहिले यूएईमा रहेका हाम्रा करिब ५ लाख नेपालीहरु बोकेर बिदेशी एयरलाइन्सले बर्सेनी अरबौ कमाइरहेका छन । यदि गतिलो नेपाली प्लेन हुने हो भने हामी नेपाली प्लेन नै चढ्ने थियौ । तर, नयाँ प्लेन किन्दा भने अडर गरेको तीन चार बर्षपछि मात्र पाइन्छ । धेरै प्लेन भएर चलाउन नसकेर घाटामा गएका कयौ एयरलाइन्सहरु छन् । तिनीहरुसंग बेच्न मिल्ने थुप्रै नयाँ प्लेनहरु होलान, त्यसै मध्येबाट एउटा प्लेन छानेर किन्दा हुन्छ । नेपाल एयरलाइन्सको लोगो राखेर पछि पेन्ट गराउदा पनि हुन्छ । तर कमिशन र भस्ट्राचार नहोस, कारोबार पारदर्शी र विश्वासिलो होस् । प्लेन किन्ने प्रक्रिया हुँदै गर्दा ३ महिना जतिमा त रकम पनि जम्मा भइसक्छ । यो तरिकाले प्लेन किन्न शत प्रतिशत सम्भब छ । साउदी, कतार र मलेसिया बस्ने नेपालीहरुले पनि यसै गरेर प्लेन किनेर आफूले प्रयोग गर्न पाहुने गरि चलाउने बाताबरण बन्नेछ । हामीलाई आशा छ क्याप्टेन विजय लामाले यो कामको नेतृत्व लिनुहुनेछ ।

Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular