Monday, September 5, 2016

प्रचण्डले मोदीलाई पठाएको पत्रका ‘राष्ट्रघाति’ दुई बुँदा संसदमा पुग्यो, के-के छन् ? भारतलाई खुसी बनाउने दुई कुरा, तत्काल पत्र सार्वजनिक गर्न माग

काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूतमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्रमा दुई वटा गम्भीर कुरा उल्लेख भएको दाबी गरिएको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदीलाई पठाइएको पत्रमा गम्भीर तथा राष्ट्रघाति कुरा उल्लेख गरिएको दाबी गरे ।

‘हाम्रा प्रधानमन्त्रीज्यूले मोदीलाई पठाएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिनुभएको जानकारी हामीले पाएका छौं,’ उनले भने– ‘त्यो पत्र तुरुन्त सार्वजनिक गर्नुपर्छ ।

संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’ पछिल्ला गतिविधिले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको भन्दै उनले त्यसो नगर्न र पत्र सार्वजनिक गर्न प्रचण्डलाई आग्रह गरे ।
Share:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive