Friday, September 2, 2016

दसैँमा चीनका राष्ट्रपति नेपाल आउने तयारी, यसरी पठाए नेपाललाई सन्देश

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएका हुन् । छ ।

असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ । भारतको गोवामा हुने चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताएका छन् ।

भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन हुँदैछ । पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलन पहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ’, एक मन्त्रीले बिहीबार भने ।

ती मन्त्रीका अनुसार चिनियाँ अधिकारीहले आफ्ना राष्ट्रपतिको भ्रमणको मिति प्रस्ताव गरेपछि सरकारले बिहीबार चीनका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्ययलाई पठाइने निर्णय गरेको छ । नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular