नेपालगन्ज १७ भदौ । आज बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बिहीबार बिहान पुनः स्थापित पूर्वराजा वीरेन्द्र शाहको सालिक मध्यराति हटाएपछि शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौराहामा सुरक्षा व्यवस्था कडा बनाएको हो ।
सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालगन्जको सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपीचोकलाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ ।
Friday, September 2, 2016
Home »
» अचानक किन हटाइयो मध्यरातमा पूर्वराजा वीरेन्द्र शाहको सालिक !
0 comments:
Post a Comment