Thursday, September 1, 2016

के पहिलो सेक्समा स्त्रीलाई पीडा हुन्छ ?



सबैलाई आफ्नो जीवनको पहिलो सेक्स निक्कै काल्पनिकस्तरमा रमाइलो हुने अपेक्षा हुन्छ । कल्पना गर्नु खराव होइन । केटाहरु पहिलो सेक्स लामो पार्न चाहन्छन् । तर वास्तवमा पहिलो सेक्समा अधिकाँश केटाहरु शीघ्र स्खलनबाट पीडित हुन्छन् । अझ कतिपयलाई त उत्तेजना नहुने समस्या हुन सक्छ ।
उता अधिकाँश युवतीको मनमा पहिलो पटक सेक्स गर्दा पीडा हुने डर हुन्छ । धेरैका लागि यो सत्य पनि हो । तर के स्त्रीलाई पहिलो सेक्समा पीडा हुनु अनिवार्य हो त ?
हो पीडा हुन्छ तर धैर्य गर्नुस्
महिलाहरुका लागि पहिलो सेक्स केही पीडादायी हुन सक्छ । तर नआत्तिनुस् । यो कुनै डराउनु पर्ने स्तरको पीडा होइन । अली लामो पाकक्रिडा गर्न सक्यो र स्त्रीलाई तयार गर्न सक्यो भने त्यो पीडा समेत नुहने विशेषज्ञहरु बताउँछन् । महिलाको यौनीरस प्रयाप्त उत्पादन भएमा यो पीडा नहुने उनीहरुको भनाइ छ । पहिलो सेक्सकमा केटाहरु हतारिन्छन् । तर त्यसो नगरी विस्तारै केटीलाई तयार गरेर मात्र सहवास गरेमा पीडा हुँदैन ।
रक्तश्राव हुन्छ ?
पहिलो यौन संसर्गमा केटीको रक्तश्राव हुनु पर्ने पुरातनवादी मान्यता छ । कतिपय समुदायमा त महिलाको रक्तश्राव नभए उनी कुमारी नभएको भन्ने समेत ठानिन्छ । तर त्यस्तो होइन । महिलाको योनीमा हुने हाइमेन भनिने सानो झिल्ली टुट्दा यसरी रक्तश्राव हुने हो । तर यो झिल्ली साइकल चलाउँदा वा खुट्टा फाढ्नु पर्ने अन्य क्रियाकलापमा पनि टुट्न सक्छ । महिला पूर्णरुपमा तयार भएपछि सहवास गरेमा यस्तो रक्तश्राव नहुन पनि सक्छ । तर हुँदा पनि पीडा दायी नहुने विशेषज्ञहरुको भनाइ छ ।
गर्भ रहने खतरा
अधिकाँश जोडीले पहिलो यौन संसर्गमै नचाहेको गर्भ रहेर झन्झट ब्यहोर्नु पर्छ । त्यसकारण बाहिर विर्यपात गर्ने वा सेफ पिरियड जस्ता कुरामा भर गर्नु हुँदैन । अविवाहित जोडीले सके सम्म कण्डोम वा त्यस्तै भरपर्दो परिवार नियोजनको साधन अपनाउनु पर्छ ।
तरल पदार्थको आदान प्रदान
शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषबीच विभिन्न यौनिक रसको आदान प्रदन हुन्छ । सामान्य रसको आदान प्रदानले नै गर्भ रहने उच्च खतरा हुन्छ । तपाइँले चाल नै नपाइ पनि कतिपय रसायनको आदान प्रदन हुने कुराप्रति ध्यान दिनुस्
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular