काठमाडौं, ३ भदौ । उत्तरी छिमेकी चीनले सार्वभौम सम्पन्न मुलुक नेपाल कसैको डर र त्रासमा रहन नपर्ने बताएको छ । नेपाली राजनीति र अन्य क्षेत्रमा भारतीय हस्तक्षेप कायम रहेका बेला चीन भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूत उपप्रधान तथा अर्थमन्त्री कृष्ण महरामार्फत चीनले कसैको डर र त्रासमा रहन नपर्ने भन्दै नेपाललाई समस्या पर्दा चीन चुप लागेर नबस्ने बताएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।शुक्रबार बेइजिङमा प्रधानमन्त्रीका दूत महरासँगै रहेकाहरूले गरेको ब्रिफिङमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल कसैसँग डराउन नपर्ने बताए ।
भारततर्फ संकेत गर्दै उनले भने– ‘सार्वभौम सम्पन्न मुलुक नेपाल कसैको डर र त्रासमा रहन पर्दैन । नेपाललाई साँच्चै समस्या पर्दा चीन चुप लागेर बस्दैन, सहयोग गर्नेछ ।’ चिनियाँ प्रमले शान्ति र स्थायित्व कायम गर्दै छिमेकीलाई नचिढ्याई साथमा लिएर अघि बढ्न नेपाललाई सुझाव पनि दिए ।
उनले नेपाल–चीनबीच भएका सहमति र सम्झौतालाई छिटो कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । ‘हामीले नेपालमा संविधान कार्यान्वयन तथा स्थिरता हेर्न चाँहेका छौं,’ उनले भने ।






0 comments:
Post a Comment