Friday, August 26, 2016

के तपाईलाई निन्द्रा लागिरहेको छैन ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । नान्सी एच रोथस्टेन निदाउन नसक्नु अहिले विश्वमै आमसमस्या बन्न थालेको छ । ७६ प्रतिशत अमेरिकी अहिले पनि आरामदायी निद्राको भोको रहेको नेसनल कन्जुमर रिसर्च इन्स्टिच्युटले गरेको एक अध्ययनले देखाएको छ । कम्प्युटर, ल्यापटप, स्मार्टफोन र टिभीजस्ता उपकरणले मानिसको निद्रा नराम्रोसाग खल्बल्याउादा करिब १० करोड अमेरिकी राम्रोसाग निदाउन सकेका छैनन् । जसले गर्दा धेरैलाई मधुमेह, मोटोपन, मुटुरोग तथा डिप्रेसनले सिकार बनाएको छ । दिनप्रतिदिन विकराल बनिरहेको अवस्थामा द स्लिप एम्बेस्डरमा कार्यरत निद्रा विशेषज्ञ नान्सी एच रोथस्टेनले दिएका केही सुझाब यस्ता छन् :

आफ्नो सुत्ने समयभन्दा एक घन्टापहिले नै कुनै पनि इलेक्ट्रोनिक उपकरण चलाउन आफैँलाई बन्देज गर्ने । यसको अनुसरण गर्दा ग्याजेटसँगको अन्तक्र्रिया र त्यसबाट निस्कने निलो प्रकाशले मस्तिष्कमा पार्ने तनाव कम भई आराम मिल्छ ।
शयनकक्षमा रहेको टेलिभिजनले सुत्ने बानीमा नकारात्मक प्रभाव गर्ने पाइएको छ । शयनकक्षलाई सहायक कार्यालय वा मनोरञ्जन केन्द्र नभई निद्राको मन्दिर बनाउनु राम्रो हुन्छ ।
रक्सीले निदाउन सहयोग गर्ने र मीठो निद्रा पर्ने सोच्नुभएको छ भने त्यो भ्रम मात्रै हो । कतिपयलाई सुरुसुरुमा मादकपदार्थको सेवनले चाँडै निदाउन सहयोग गरे पनि पछि यसले निद्रा–चक्रमा व्यवधान उत्पन्न गराउँछ ।
दिनभर ताजा र स्फूर्त भइरहन भन्दै चिया, कफीलगायत क्याफिनयुक्त पेय पिउँछन् । तर, त्यसबाट प्राप्त हुने क्याफिन लामो समयसम्म शरीरमा रहिरहन्छ । नेसनल स्लिप फाउन्डेसनका अनुसार कफी पिएको ६ घन्टासम्म पनि आधाजति क्याफिन शरीरमै रहन्छ । जसका कारण निद्रा खल्बलिन सक्छ । नयाँ पत्रिकाबाट
Share:

Related Posts:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Gallery

Random Posts

Advertise

Social Share

Advertise

Recent Posts

Recent comments

Recent Comments

Popular Posts

Most Popular