Friday, August 19, 2016

अस्पताल बाहिर बिरामीको भीड, भित्र कर्मचारी फिल्ममा मस्त, मन्त्रीले अफिस भित्रै पुगेर रङ्गे हात समाते र ति कर्मचारीलाई तुरुन्तै वर्खास्त गरे (हेर्नुस भाइरल भिडियो )

अस्पताल संबेदनशिल क्षेत्र हो । व्यक्तिको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको अस्पतालमा हदैसम्मको लापरबाही हुने गरेको त हामीले सुन्दै आएका छौ । नेपालमा मात्रै होइन छिमेकी मुलुक भारतमा पनि यस्तै प्रवृति छ ।

भारतमा सरकारी अस्पताल निकै अस्तव्यस्त हुने गरेका छन् । मेडिकल स्टाफको लपारबाही र वेवास्ताका कारण ती अस्पतालमा बिरामीहरुले निकै सास्ती पाउने गरेका छन् ।


हालै दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले एक अस्पतालका कर्मचारीको कोठामै गएर रंगेहात पक्रेका छन् । मनिस बुधबार दिल्लीस्थित सरकारी अस्पालको आकस्मिक निरीक्षणमा जाँदा अस्पतालका एक कर्मचारी आनन्दसँग चलचित्र हेरिरहेका थिए । अर्कोतर्फ अस्पतालमा जाँच्नका लागि बिरामीहरुको लामो भिड लागेको थियो । उप मुख्यमन्त्री मनिस कर्मचारीको कोठामै पुगेर उसको काँधमा ढ्याप मार्दा कर्मचारी तर्सिएका थिए ।

कर्मचारीको हर्कतले क्रुद्ध भएका मनिसले उनलाई वर्खास्त गरेका छन् । रेकर्ड समेत गरिएको सो भिडियो आम आद्मी पार्टीको फेसबुक पेजमा राखिएको छ । भिडियो सामजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

हेर्नुस भिडियो


Share:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive