काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्वराष्ट्रपति यादबलाई ६० लाख रुपैयाँ उपचार खर्च, अमेरिका जाने आउने बिजनेस क्लास टिकट, दैनिक ३०० डलर भत्ता र तीन जना सहयोगीलाई हवाइ टिकट, १५० डलर दैनिक भत्ता दिने निर्णय गरेको छ ।
प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका लैजानी तयारी भइरहेको छ । अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै ९मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी० सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लागेका छन् ।
शल्यक्रियाका लागि यादवले सुरुमै ३७ हजार अमेरिकी डलर ९करिब ३७ लाख रुपैयाँ० भन्दा बढी रकम डिपोजिट गर्नुपर्ने हुन्छ । उनको उपचारक्रममा सोभन्दा बढी खर्च लाग्ने बताइएको छ। यादवले उपचारका लागि खर्च उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए।
0 comments:
Post a Comment