Tuesday, August 23, 2016

केटी जिस्क्याउने यी युवकको फोटो सामाजिक संजालमा भाइरल भो

देहरादुन । सार्वजनिक स्थानमा युवतीलाई अश्लील शब्द प्रयोग गर्दै जिस्क्याउँदा एक युवकले सडकमै दण्डित हुनुपरेको छ । आफूलाई जिस्क्याउँदै अश्लील शब्द प्रयोग गर्ने ती युवालाई युवतीले सडकमै उठबस मात्रै गराइनन्, सामाजिक रुपमा दण्डित पनि गरिन् ।



यो घटना भारतको उत्तराखण्ड राज्यस्थित देहरादुन सहरस्थित सडकमा भएको हो । देहरादूनको चकराता सडकमा आफूलाई जिस्क्याउने युवालाई ती युवतीले सयौं मानिस जम्मा गरेर हायलकायल बनाइनन् । सडकमा आफूलाई जिस्क्याउने युवालाई उनले त्यही सडकमा सयौं मानिस भेला पारेर दण्ड सजाय पनि गराइन । 

आफूलाई जिस्क्याउने ती युवालाई दण्डित गर्ने क्रममा लिइएको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसबारेमा बोल्न अस्वीकार गरेको छ । तर युवतीको यो साहसको भने हरेकतर्फबाट प्रशंसा भइरहेको छ । 

यो  घटना शुक्रवार दिउँसो भएको हो । समाचार अनुसार आफूलाई अश्लील शब्दसहित जिस्क्याउने युवालाई युवतीले हिम्मत जुटाएर समातेकी थिइन् । यसैबीच केही युवाहरुले ती युवकको शरीरको माथिल्लो भागको लुगा निकालिदिए । 

त्यही बेला युवती सडकमै युवालाई सजाय दिलाउने बैठक नै बोलाइन् । यो क्रममा खिचिएको करिब एक मिनेट चार सेकेन्ड लामो यस भिडियोमा  आरोपी दुबै हातले कान पक्डेर उठबस गर्दै गरेको देख्न सकिन्छ । 

सजाय दिइएपछि आरोपित युवालाई छाडिएको छ । पुलिसले पनि यो भिडियो हेरेको छ । धारा चौकी पुलिसका अनुसार आफूलाई जिस्क्याएको बारेमा युवतीले कुनै उजुरी गरेकी छैनन् । 


Share:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive