एजेन्सी । आत्महत्या गर्न कुन कुराले प्रेरित गर्छ त्यसको गम्भिर अनुसन्धान आजको आवश्यकता हो भन्ने कुरालाई बेला बेलामा सुनिने आत्महत्याका घटनाहरुले झकझकाई रहेका हुन्छन् । विभिन्न अनुसन्धानले मानिसले निराशा, तनाव, असफलता आत्महत्याका मुख्य कारक भएको बताइरहेका बेला भारतको हरियाणा राज्यका अजय नाम गरेका युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नुअघि उनले फेसबुकमा स्टाटस लेख्दै ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’ भनेर पोष्ट समेत गरेका थिए । उनले स्टाटस लेखेको करिब २ घण्टासम्म सबै ठिकै थियो । उनको स्टाटसमा धमाधम लाइक र कमेन्टका वर्षाहरु उर्लीरहेका थिए ।
तर २ घण्टा बिते लगत्तै उनको स्टाटसले जे भनेको थियो त्यही भइदियो । अन्तत उनले बोलेको कुरा पुरा गरेरै छाडे । आत्महत्या गरे । अजयले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरिरहँदा उनका फेसबुकका साथी भाई र आफन्तले मजाकका रुपमा लिए न त प्रशासनले नै जिम्बेवारीपूर्वक हेर्न सक्यो ।
अजयको आत्महत्या प्रकरण पछि घटना यत्तिकैमा टुंगीएन । उनको आत्महत्याको खबर सुने लगत्तै दिदी रेणुले पनि तत्कालै आत्महत्या गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् । केही महिना अगाडी मात्रै लगनगाँठो कसेकी दिदी रेणुको पारिवारिक विबादका विषयमा पनि भाई अजय चिन्तित देखिएका थिए ।
Tuesday, August 23, 2016
Home »
» फेसबुकमा आत्महत्या गर्दैछु भनेर स्टाटस लेखेको दुई घण्टापछि गरे अजयले आत्महत्या,भाईको आत्महत्यापछि दिदीले पनि त्यागिन् आफ्नो प्राण (भिडियो हेर्नुहोस)
0 comments:
Post a Comment