"मैले तिमीलाई चाहेर पनि तिम्रो साथ पाउन सकिन, जिवन भरीनै आँशु पिउदा नी, तिमीलाई गुन लाउन सकिन"
अन्जु पन्तको स्वरको यो गीत फिलिपिन्स फर्किएकी जोयाको जीवनसंग ठ्याक्कै मेल खान्छ ।
गत वुधवार फिलिपिन्स फर्कदा जोयाको वारेमा वुझेका सायद सवैको आँखा रसायो होला । भनिन्छ Love has no boundry अर्थात मायाको कुनै भुगोल हुदैन, सिमाना हुदैन । त्यसैले होला दुवईको एउटै ठाँउमा काम गर्ने जिवन थापा भन्ने एक नेपालीसंगको मायामा परिन जोया जो भौगोलिक रुपमा वादल पारिको देशवाट थिए ।
भनिन्छ कागले रातमा देख्दैन, लाटोकोसेरोले दिनमा देख्दैन तर माया गर्नेले रातमा पनि देख्दैन न त दिनमा नै ।
त्यहि भएर होला जोया जिवनको मायामा अन्धि वनिन् । लागु पदार्थको केशमा दुवईको जेलमा परेको जिवनलाई सड्न दिनु पथ्र्यो जोयाले साँचो मायामा परेकी जोयाले असल खराव छुट्टाउनै सकिन्न त्यसवेला नै खराव व्यक्ति रहेछ भन्ने चिन्न सकिनन् जोयाले ।
हामी निम्न वर्गिय परिवार झै उनि पनि फिलिपिन्सवाट दुवई निम्न आर्थिक अवस्थाको कारणले नै आएकी थिईन । तै पनि जिवनको रिहाईका लागि आफुले कमाएको सम्पुर्ण रकम खर्च गरेर जिवनलाई जेलवाट वाहिर निकालिन । हाम्रो जस्तो देशको सरकारलाई गर्न मुस्किल हुने कार्य जोया एक्लेले गरिन । धन्यवाद छ तिमीलाई जोया एउटा नेपालीलाई संकटवाट वचाएकोमा ।
टुरिष्ट भिषामा नेपाल छिरेर पछि विहे गर्ने भनि संगै वस्न थालेछन । समय वित्दै जाँदा कामै नगर्ने लागु पदार्थको अम्मलीलाई परिवार पाल्न धौ पर्न थाल्यो । त्यसै विच जोयाका दुई सन्तान भएछन । अन्जान ठाँउ, नौलो वातावरण, नौलो भाषा कति गाह्रो भयो होला दुई सन्तान हुर्काउन जोयालाई । त्यसै विच उनको पासपोर्ट नै च्यातिएछ । त्यतिमात्र कहाँ हो र खान नदिने, यातना दिने जस्ता अमानवीय कार्य पनि भएछ ।
धिक्कार छ जिवन तिमीलाई जसले आफ्ना २ सन्तानलाई आफ्ना होईनन् भनी भन्यौ । अति दयनीय परिस्थितिमा भेट्टाएको जोयालाई सहयोग गर्ने चितवनको आदर्श नेपाल नामक संस्थालाई धन्यवाद दिनै पर्छ ।
नावालकलाई जन्मस्थानको आधारमा कागजात शिघ्र रुपमा तयार पारिदिने स्थानीय प्रशाशनलाई पनि धेरै धरै धन्यवाद ।
धिकार्ने पात्र पनि छन यहाँ । जिवन र सरकार । राज्य भनेको नागरिक वसोवास गर्ने स्थान हो । नागरिक भनेको जनता हो, अनि सरकार भनेको अभिभावक हो अनि नागरिक उस्को परिवार हो ।
आफ्नो परिवारले गरेको गल्ती वा कमी कमजोरी औल्याउनु एउटा अभिभावकको जिम्मेदारी हो । विगतमा जिवनको गल्तीहरु सरकारलाई थाहा नहुन नि सक्छ तर जव त्यो केश सर्वव्यापि हुन पुग्यो खोई सरकारको सक्रियता वढेको झन पीड्कलाई (over stay) भिषाको म्याद सकेपछि पनि वसिरहनु वापत ७ लाख तिर्न लगाईयो ।
मानौ नियम र कानून वमोजिम उनलाई त्यो पैसा तिर्नु पर्दथ्यो रे तर व्यक्तिगत रुपमा सगरमाथा चढन २ करोड सम्म दिन निर्णय गर्ने देशको सरकारले त्यो रकम मिन्हा गर्न किन सकेन रु नावालकहरुको के गल्ती थियो र र? के कुनै पनि वावुले सन्तान आफ्ना होईन्न भन्यो भन्दैमा सरकारले मान्न मिल्छ त?
डि.एन.ए. परिक्षण गर्न मिलेन र रु कि विदेशीको कोख वाट जन्म भएको नेपाली वावुको सन्तानको डि.एन.ए. परिक्षण नगरिने हाम्रो संविधानमा व्यवस्था छ र? छैन भने किन गरिएन र? अव ति नावालकहरुले नेपाली नागरिकको अधिकार पाउने कि नपाउने रु पाउने भए कहिले पाउने र?
यसरी सार्वजनिक रुपमा चर्चा पाईरहेको जोया काण्डले नेपाल र नेपाली प्रति विश्वव्यापि रुपमा कति वितृष्णा पैदा गर्दैछ भन्ने कुरा खोई सरकारले वुझेको । ओभर स्टे मा नेपालमा वसिरहदा नेपाल सरकारले किन गरेन जोयाको खोजविन, के अर्काको पासपोर्ट च्याथिदिनु कानूनी रुपमा दण्डनीय छैन र र? खोई पीडकलाई कारवाही र? यी र यस्ता धेरै प्रश्न छन ।
मलाई लाग्छ जोया ममताकी खानी हुन । दया कि देवी हुन । जस्तो सुकै परिस्थितिमा पनि वच्चाहरु हुर्काउन उनि पछि परिन्न । भनिन्छ माया र ममताको न त कानून हुन्छ न त नियम नै । कुरा ठिकै हो जस्तो लाग्छ मानौ कि सार्वजनिक स्थलमा स्तन खोल्न सायदै संसारको कमै देशमा मिल्छ होला तर जव एउटा काखे वालकको आमा आफ्नो संतान रोयो भने जस्तो सुकै भिड होस या सभा आफ्ना स्तन चुसाउसिन उनको ममतालाई संसारको कुनै कानूनले रोक लगाउन सक्दैन । हो त्यहि ममता जोयामा थियो होला सायद उनले आफ्ना संतानका लागि देशको केही नियम मिचिन होली सायद । त्यो कुरा हामीले वुझ्न जरुरी थियो तर वुझिएन ।
यहाँ मैले जोयालाई फिलिपिन्स फर्काईनु हुदैन थियो भन्ने पटक्कै होईन । हो उनी उनको ईच्छा वमोजिम जहाँ वस्न चाहन्छिन त्यही रहन दिनु पर्छ । तर तिनलाई उनको कानूनी हक नदिई, वच्चाहरुको भविष्यको कुनै विचार नगरि फिर्ता पठाईनु हुदैन थियो । अहिलेको युगमा २ सन्तानलाई जोयाले कसरी हुकाउलिन रु तिनीहरुको भविष्य के होला रु के तिनीहरु नेपाली होईनन र र?
म भन्छु नेपाल सरकार आफ्नै सन्तानको लागि ससुराली गाँउ फिलिपिन्स जाउ । हात जोड, भिख माग आफ्नो संतानका लागि आफ्नो वुहारीको लागी, जसले गर्दा नेपालको छवी अन्तर्राष्ट्रिय रुपमा राम्रो हुने छ । कुनै समयमा न्याय नपाए गोर्खा जानु भन्ने हाम्रो देशको जनता हामी । अन्तर्राष्ट्रिय जगतलाई अहिले हाम्रो देशमा न्याय वोलाएर दिईन्छ भन्ने जानकारी दिन सकिदैन र जोयालाई ससम्मान न्यायका लागि नेपाल फिर्ता वोलाएर ।
उनले र वच्चाले पाउनु पर्ने सम्पूर्ण हक दिए पछि जोयाले ईच्छा लागेको गर्लिन त्यो पछिको कुरा । अहिले त वस यति मात्र हो की जोयाले न्याय पाउनै पर्छ र हामी स्वदेश तथा विदेशमा वस्ने सम्पूर्ण नेपालीको एक मत रहेको छ कि जोयाले न्याय यथाशिघ्र पाउनु पर्छ । एउटा नागरिको गल्तीले नेपाल र नेपालीको नाम अन्तर्राष्ट्रिय जगतमा विगारिनु हुदैन । होईन भने कुनै दिन अर्को कुनै देशले ७ लाख लिएर दुई नेपाली किन्न आयो भने के गर्छ सरकारले ।
लेखकः विवेक विसी
दाङ्ग गढवा- २,
हालः काठमाण्डौं
0 comments:
Post a Comment