काठमाडौं, ७ साउन । देश जोगाउन भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सात दलका एकताबद्ध भएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले विदेशी शक्तिको आडमा चुनाव नगरी संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र गरिरहेको भन्दै एमाले, राप्रपा नेपालसहितका सात दल एक भएका हुन् ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले मंगलबार विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल गरेका बताए ।
सिंहदरवारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने परिस्थिति आउन सक्ने भन्दै देशलाई जोगाउन एकतावद्ध हुनुपर्ने बताए । संविधान कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजनालाई नयाँ सरकारले बेवास्ता गरी बाटो विराउँदै गएको आरोप लगाए ।
बैठकमा सरकारले गर्ने भनिएको संविधान संंशोधनबारे छलफल भएको र मधेसमा खासै समस्या नभएकोले कसैका लागि संविधान संशोधनमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको ढकालले बताए ।
0 comments:
Post a Comment